पुबुदु फेरि प्रशिक्षक नियुक्त



१८ भदौ २०७६, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेस्ट प्रिमियर लिग (ईपीएल)को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका छन् ।

ग्ल्याडियर्टसले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाइएको छ ।

चौथो संस्करणको इपीएल आगामी फेब्रुअरी २९ देखि मार्च १४ सम्म हुँदैछ । शरद भेषावकर कप्तान रहेको भैरहवा गतबर्ष उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्