सांसद जीवनराम श्रेष्ठद्वारा निपुहिटी ग्वसा खल पार्कको उद्घाटन



१७ भदौ २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत विनियोजत रकम चौध लाखबाट निर्माण भएको निपुहिटी ग्वसा खल पार्कको उद्घाटन गरेका छन् ।

पार्क उद्घाटन समारोहमा सांसद श्रेष्ठले पार्कबाट स्थानीय जनसमुदाय, जेष्ठ नागरिक, महिला पुरुष युवा र बालबालिका सबै लाभान्वित हुने र आपत बिपतमा पनि पार्क सबैको लागि काम आउने बताए । साथै गत बर्षको आर्थिक वजेटबाट ८ नं क्षेत्रको खुल्ला ठाउँहरु संरक्षणमा प्राथमिकता दिएको र चालू आर्थिक बर्षमा पनि खुल्ला सार्वजनिक जग्गाहरु भएमा यस्तै योजनका लागि प्रस्ताव अनुरोध गर्न समेत स्थानीयहरुलाई अनुरोध गरे ।

महानगर प्रवक्ता एंव काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्यहरु मैया लक्ष्मी महर्जन, आनन्द राम गौतम, पार्क निर्माण समितीका त्रिरत्न मानन्धर तथा पदाधिकारीहरु, डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्य, निपुहिटी ग्वसाः खलस्का अध्यक्ष ओमकृष्ण श्रेष्ठ, स्वयम्भु प्रहरी वृतका नायव उपरिक्षक लालध्वज सुवेदी, जेष्ठ नागरिक र स्थानीय जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्