काठमाडौंमा भारी वर्षा, जनजीवन प्रभावित(९ तस्वीर)



१७ भदौ २०७६, काठमाडौं

राजधानी काठमाडौंसहित आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ।

मंगलबार दिउँसोदेखि परेको पानी नरोकिँदा जनजीवन प्रभावित बनेको हो।

भारी वर्षाका कारण सडकमा ढल जम्नुका साथै सानो खोल्सा खोल्सीमा पानीको बहाव बढेपछि आवतजावत गर्न गाह्रो भएको स्थानीयहरुको भनाइ छ।

ढल तथा सडकको उचित व्यवस्थापन नहुँदा यस्तो समस्या आएको स्थानीय मान बहादुर लामाले बताए। ‘सानो पानी पर्नासाथ यस्तै समस्या आउँछ। ढल तथा सडकको उचित व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो। पहिल्यैदेखि यस्तै समस्या झेलिरहेका छौं’ उनले भने।

कतिपय क्षेत्रमा सडकमा बगेको ढल पसल तथा होटलमा पसेको छ। त्यस्तै काठमाडौं भित्रबाट बग्ने बागमतीलगायतका नदीहरु बढेको कारण सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तस्वीरमा हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्