
१७ भदौ २०७६, काठमाडौं
काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा दुईजना झुन्डिएको अवस्थामा फेला परेका छन्।
भण्डारखाल जंगलको एउटै रूखमा एक पुरुष र एक महिलाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
आत्महत्या गर्नेमा खोटाङको दिक्तेल नगरपालिका–१० का ४० वर्षीय जय गिरी र खोटाङकै यांखा गाउँपालिका– ५ की उमिता दमाईं रहेका बताइएको छ। गिरी काठमाडौंको बाँसबारी बस्दै आएका थिए भने उमिता केही दिनअघि मात्र काठमाडौं आएका बताइएको छ।
आत्महत्याको कारण खुल्न सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





