
१७ भदौ २०७६, काठमाडौं
पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।
वीरगञ्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुकाई उपचारका लागि नारायणी अस्पताल पुर्याएका थिए तर अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो।
प्रहरीका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन्। सोमबार साँझ नै प्रहरीले उनको शव पोष्टमार्टमपछि बुवालाई बुझाएको छ।





