स्तनपान गराउने आमाले जान्नैपर्ने यी ज्ञानवर्द्धक कुराहरु



१७ भदौ २०७६, काठमाडौं

स्तपान (Breast Fedding) आमाले शिशुलाई जन्म दिएपश्चात आफ्नो स्तनबाट निस्कने प्राकृतिक दुध चुसाउने क्रिया हो।

गर्भाधारण प्रकृयासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ।

चिकित्सकहरुका अनुसार पहिलो बिगौती दूध बच्चाको लागि अमृत हुन्छ।

जसले बच्चालाई अनेक रोगहरुबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ।

त्यसैले, आमाले बच्चालाई स्तनपान गराउँदा यी कुराहरुमा ध्यान दिनुहोस्ः

–आमाले आफ्नो स्तनलाई सधैँ सुख्ख र सफा राख्नुहोस्।

–बच्चाले दूध नचुसेको खण्डमा आमाले निचोरेर खुवाउनुपर्छ नत्र दुध गान्निएर पाक्न सक्ने सम्भावना हुन्छ।

–दूध खुवाउनुसँगै बच्चाले हावा पनि लिने हुँदा दुध खुवाईसकेपछि ढाडमा हल्का ढक्ढकाएर डकार गराउनुहोस्।

दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध खुवाउनै पर्ने चिकित्सकहरुको भनाई छ।

–बोतलको दूधमा विभिन्न संक्रमण हुने हुँदा सकभर यस्तो दुध नखुवाउनुहोस्।

–स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुहोस्।

साथमा आफ्नो बच्चालाई समयमै सबै खोप लगाउनुहोस्।

–६ महिनापछि बच्चालाई आमाको दूृधका साथै अन्य पोषणयुक्त खानेकुरा जरुरत पर्ने हुँदा खाना,जाउलो, लगायत पोषणयुक्त खानेकुराहरु खुवाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्