बिहारमा १२ ब्राण्डका मसलामाथि प्रतिबन्ध



१६ भदौ २०७६, काठमाडौं

भारतको बिहार राज्यमा सरकारले विभिन्न ब्राण्डका मसलामाथि प्रतिबन्ध लगाएको छ।

नितिश कुमार नेतृत्वको राज्य सरकारले १२ब्राण्डका पान मसलाको उत्पादन, भण्डारण र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको हो। विभिन्न ब्राण्डका मसलामा म्याग्नेसियम कार्बोनेटको मात्रा मिसिको पाइएपछि प्रतिबन्ध लगाइएको बिहार राज्य सरकारको स्पष्टोक्ती छ।

बिहारको खाद्य सुरक्षा विभागले गरेको अध्ययनबाट मुटुमा असर गर्ने तत्व पाइएपछि प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्