
१६ भदौ २०७६, काठमाडौं
सरकारले चक्रपथको तीनकुने–एयरपोर्ट–तीलगंगा सडकखण्डलाई नमुना शहरी सडकका रुपमा विकास गर्ने छ।
उक्त सडकखण्ड नेपाली सीप, प्रविधि र लगानीमा बनाइने सडक विभागले जनाएको छ। हाल यो सडक २ लेनको छ। अब विस्तार गर्दा १२ लेनको हुने बताइएको छ।
सडक विस्तारका लागि अहिले डिजाइन भइरहेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्रकुमार शर्माले बताए। उनकाअनुसार भदौ महिनाभित्र विस्तृत इन्जिनियरिङसहित डिजाइन तयार हुनेछ।
चक्रपथको कलंंकी–सातदोबाटो–कोटेश्वर खण्ड चीन सरकारको सहयोगमा विस्तार भइसकेका छ। दोस्रो चरणमा कलंकी–महराजगञ्ज सडकखण्डको विस्तार पनि चीनले गर्ने भएको छ। चीनले काम सुरु गरेको ३ वर्षमा सकाउने लक्ष्य लिएको छ।





