
१६ भदौ २०७६, काठमाडौं
प्रहरीले त्रिभुवन विमानस्थलबाट आइतबार राति थप एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेका छन् । नेपाली एटिएम बैंक ह्याक गरेर करौडौं रकम चोरीको आशंकमा पक्राउ गरेको प्रहरीले बताएका छन् । तर घट्नामा उनको संलग्रता भएको या नभएको यकिन भैरहेको छैन । उनको संलग्रताबारे अनुसन्धान भइरहेको छ । अहिले केही उनको बारेमा भन्न सकिराको छैन भनेर महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन् ।उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र सोमबार ९भदौ १६ ० गते फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले दरबारमार्गस्थित एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरिएको जनाएको छ । होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।





