पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो



१६ भदौ २०७६, काठमाडौं

जिफन्ट आबद्ध नेपाल कर्मचारी युनियनले पशुपतिनाथ क्षेत्र विकास कोषलाई बुझाएको ४० बुँदे मागको बुँदा नं. ७ लाई सम्बोधन गर्दै पुशपति क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ ।

२०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा यसै वर्षदेखि खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष कर्मचारी युनियनका अध्यक्ष दिल बहादुर खत्रीले कोषले माग सम्बोधन तर्फ चालेको प्रशंसा गर्दै पर्व विशेषमा मात्र होइन श्रद्धालु भक्तजनको सहजताका लागि सधै नै ढोका खोलिनुपर्ने बताए ।

पन्ध्र दिने समयावधिभित्र पशुपति क्षेत्र विकास कोषले मागपत्रमा उल्लेखित सबै माग पुरा नभए सशक्त आन्दोलन उत्रिने समेत अध्यक्ष खत्रीले बताए ।

यो पनि पढ्नुहोस् :

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

 

 

 

प्रतिक्रिया दिनुहोस्