
१५ भदौ २०७६, काठमाडौं
फलोअपका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली यही साता स्वदेश फर्कने भएका छन्।
सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य जाँच बुधबार पूरा हुनेछ। बिहीबारसम्ममा रिपोर्ट आए प्रधानमन्त्री शुक्रबार स्वदेश फिर्ता हुनेछन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै बुधबारसम्म जाँच सकिने बताएका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार भोलि सोमबार छैटौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ’उनले लेखेका छन्।





