काठमाडौं कपनमा स्कुलको भ्यान पल्टिँदा १३ घाइते ६को अवस्था गम्भीर



१५ भदौ २०७६, काठमाडौं

काठमाडौं कपनमा स्कुलको भ्यान पल्टिँदा दर्जन भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।

घाइते भएका विद्यार्थी मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । बिहान विद्यालय जाने क्रममा भ्यान पल्टिएको हो ।कपनको फैकामा लिटिर वल्डर मन्टेश्वरीको बा.५ प ११४२ नम्बरको भ्यान सडकमा पल्टिँदा १३ जना बालबालिका घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बालबालिकाको ओम र मेडिकियर अस्पतालमा चावहिलमा उपचार भइरहेको छ भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्