
१५ भदौ २०७६, काठमाडौं
नेपालको विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले आईतबार सार्वजनिक गरेका छन् ।
प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेका हुन्। पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन छन् ।
उनीहरूको साथबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर बरामद गरेका छन् ।
प्रहरीका अनुसार उनीहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए । नक्कली भिसामा नेपाल छिरेका ह्याकरहरू रकम लिएर भोलि नै चीन फर्किने तयारीमा रहेको खुलेको प्रहरीले जानकारी दियो ।





