
१५ भदौ २०७६, काठमाडौं
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज आज ४ सय रुपैयाँ घटेको हो। शुक्रबार १ हजार रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार छापावाल सुन ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।। आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।





