
१५ भदौ २०७६, काठमाडौं
अहिले सामाजिक संजाल(फेसबुक, ट्वीटर…)मा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित त्रिवेणी चोकमा कुकुरलाई मरणासन्न हुने गरी कुटिएको भिडियो भाइरल भएको छ।
भिडियोमा दुईजना मान्छेले हातमा लठ्ठी लिएर एउटा कुकुरलाई मच्चाई मच्चाई मरणासन्न हुने गरी कुटिरहेका देखिन्छ।
भिडियोको अगाडि पछाडिको कथा जे जस्तो भएपनि त्यो २९ सेकेण्डको भिडियोमा देखिएको दृश्य भने साँच्चै नै कारुणीक छ।
यो भिडियो हाम्रो नजरमा परेपछि हामीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनाराण रिजाल र उप–प्रमुख विणा देवी राईसँग टेलिफोन संवाद गर्यौं।
उहाँहरुले जे भन्नुभयो। त्यसलाई हामी जस्ताको त्यस्तै टेक्स्ट गरेका छौं। हेर्नुहोस्।
भिडियोबारे प्रमुखः
पछिल्लो समय दिक्तेल(विशेषगरी बजार क्षेत्र)मा सन्तुलन गुमाएका धेरै कुकुरहरु देखिन थालेका छन्।
नगरपालिकाले पनि त्यसमा पहिल्यैदेखि ध्यान दिँदै आएको थियो। त्यस्ता सन्तुलन गुमाएका कुकुरलाई हटाउन के गर्न सकिन्छ भनेर नगरपालिकाले बहस पनि गर्यो।
नगरबासीहरुले त्यस्ता कुकुरको व्यवस्थापन गर्नुपर्ने माग गरिरहेका थिए। त्यसपछि हामी आफ्नै निर्णयले त्यस्ता कुकुरहरुलाई व्यवस्थापन गर्ने भयौं।
त्यसपश्चात्, एकदिन त्यस्ता खालका कुकुरहरु(विशेषगरी मरेका अनि सम्बन्धीत क्षेत्र नै दुर्गन्धित पारेका)लाई पन्छाउन टोली खटियो।
त्यहीँ क्रममा टोलीका एक सदस्य भोजकुमार श्रेष्ठलाई एउटा त्यस्तै कुकुरले टोकेछ। त्यसपछि रिसमा त्यो कुकुरलाई कुटेछन्।
त्यहीँ भिडियो बाहिर आएको हो। हामीलाई पनि त्यो कुरा थाहा थिएन। भाइरल भिडियो देखेपछि मात्रै पो थाहा पायौं।
धेरै पहिलेदेखि नै त्यस्ता खालका कुकुरहरु मरेर नगरपालिका नै दुर्गन्धित हुँदै आएको थियो।
भिडियोबारे उपप्रमुखः
त्यो भएको खासै केही पनि होइन।
नगरबासीहरुको मागअनुसार हामीले बौलाह(रेबिच संक्रमित) कुकुरलाई हटाउने भयौं। त्यसपछि एक दिन हटाउने क्रममा त्यस्तै कुकुरले टोलीका एकजनालाई टोकेछ।
त्यसपछि रिसको बेलामा दुई भाई मिलेर कुटेछन्। अन्य कुराहरु खासै केही पनि छैन।
हामीले नगरबासीहरुको अनुकूलताका लागि यो गरेका थियौं। त्यहीँ क्रममा यस्तो भएछ।
जे–जे भयो हामीले पनि भिडियोमा देखेपछि मात्रै थाहा भयो। भिडियोको बारेमा हाम्रो ध्यानाकर्षणसमेत भयो।
पछि डिट्टेलमा बुझ्दा भएको त्यसो रहेछ। देख्ने मान्छेहरुको बुझाइ गलत भएछ। तर, त्यसो भने होइन।
भिडियो के छ?
भिडियोमा एउटा कुकुरलाई दुई जना मिलेर कुटिरहेका देखिन्छ।
एकजनाले कुकुर बाँधिएको डोरी समाउने अनि अर्कोले लठ्ठीले कुट्दै गरेको भिडियोमा देख्न सकिन्छ।
साथै साथमा एउटा मिनी ट्र्याक्टर छ। ट्र्याक्टरमा अन्य केही त्यस्तै खालका कुकुरहरु पनि देखिन्छन्।
भिडियो हेर्नुस्।
https://www.youtube.com/watch?v=cKOSaU-hzX4





