गौहत्या छानबिन समिति आजैदेखि सक्रिय, योजना र कार्यविधिबारे आन्तरिक छलफल हुँदै



१५ भदौ २०७६, काठमाडौं

सुर्खेतमा भएको गौहत्यासम्बन्धी घटनाका बारेमा छानबिन गर्न सरकारद्धारा गठित समितिले आज आन्तरिक छलफल गर्ने भएको छ।

नेपाल सरकारका उपसचिव सागरमणी पाठकको संयोजकत्वमा गृह मन्त्रालयले शनिबार गठन गरेको समितिले आज गृह मन्त्रालयमै आन्तरिक छलफल गर्ने भएको हो।

समितिले छानबिनको प्रारम्भिक कार्यविधि र योजना तयार पारी छानबिन प्रक्रिया सुरु गर्ने संयोजक पाठकले बताए।

उनले छानबिनका लागि घटनास्थलतर्फ कहिले जाने भन्ने बारेमा आजको बैठकले नै तय गर्ने पनि जानकारी दिए।

गृह मन्त्रालयलले कार्यादेशसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई समयावधि पनि तोकेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये ३१ गाईगोरु वीरेन्द्रनगरको कटकुवास्थित जंगलमा मृत फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्