ह्याक हुने डरले अधिकांश बैंकको ATM सेवा बन्द



१५ भदौ २०७६, काठमाडौं

ह्याकरको निशानामा नेपालका बैंकहरु पर्न थालेपछि अधिकांश बैंकहरुले आफ्नो ATM सेवा बन्द गरेका छन्।

प्रहरीले ATM ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि ATM बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होवीन्द्र बोगटीले बताए।

प्रहरीले पक्राउ गरेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ।

बैंकका खातावालाको रकम उनीहरुले अनाधिकृत रुपमा निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्