बस दुर्घटना हुँदा १ को मृत्यु १४ घाइते



१४ भदौ २०७६, काठमाडौं

झापामा बस दुर्घटना हुँदा १ मृत्यु भएको छ।

झापाको सुरुङ्गा १ स्थित बस दुर्घटना हुँदा झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेलको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको यात्रुवहाक बसले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्यु भएको हो ।

घाइतेहरु सबैको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्