पूर्वमन्त्री केसीलाई कारबाहीको माग



१४ भदौ २०७६, काठमाडौं

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारबाहीका लागि माग गरिएको छ।

सोलु– काठमाडौं सम्पर्क समितिले केसीलाई अनुशासनको कारबाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए।

पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हितविपरीत कार्य गरेको भन्दै समितिले कारबाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो।

सोलु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिएका हुन्।

वैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावलीसमेत पारित नभएको अवस्थामा मनोमानी ढङ्गले यही भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको कारबाहीको माग गरिएको छ।

केसी रामचन्द्र पौडेल पक्षधर मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्