पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम



१४ भदौ २०७६, काठमाडौं

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध प्रतिष्ठान स्तरको पशुपति क्षेत्र विकास कोष भित्रको नेपाल कर्मचारी युनियनले पशुपति क्षेत्र विकास कोषलाई ४० बुँदे माग राखी पन्ध्र दिने अल्टिमेटम दिएको छ ।

युनियनले पेश गरेको माग पत्रमा पशुपति क्षेत्र विकास कोषको सुदृढिकरण, संस्थागत सुशासन, कर्मचारीहरुको बृद्धि विकास, बढुवा, पेशागत हकहित र कर्मचारीहरुले मर्यादा पालन गर्ने सवालमा ट्रेड युनियन आन्दोलन यसको मूल्य मान्यता आम कर्मचारी साथीहरुको पक्षमा क्रियाशील रहन माग पेश गरेको उल्लेख गरेको छ ।

त्यसैगरी युनियनले लेखेको छ, ‘कोषमा हालमा केही प्रतिनिधिमूलक घटनाले आम कर्मचारीहरुमा निराशा, आक्रोश र काम गर्ने कर्मचारीहरुको मनोबल घटाएको, कोषमा डरलाग्दो विकृति विसंगति मौलाएको छ भन्दै यसले कोषको गरिमा र प्रतिष्ठामा आँच आउने सम्भावना देखिएकोले त्यस्ता गलत संस्कार, विकृति, प्रवृत्तिको घारे भर्त्सना गर्दै पशुपति क्षेत्र विकास कोषको संस्थागत सुशासन तथा कर्मचारीहरुको हितको विषयमा हाम्रो संगठन कोषको व्यवस्थापक समक्ष निम्न मागहरु प्रस्तुत गर्दछ ।’

नेपाल कर्मचारी युनियनका मागहरु :

     

यो पनि पढ्नुहोस्

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

 

प्रतिक्रिया दिनुहोस्