गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)



१३ भदौ २०७६, काठमाडौं

नेपालका विभिन्न शक्तिपिठ मध्ये एक पाशुपत क्षेत्रमा अवस्थित प्रसिद्ध शक्तिपिठ गुह्येश्वरी मन्दिर पशुपति क्षेत्र विकास कोषको कारण अलपत्र अवस्थामा पुगेको छ ।

धार्मिक र पौराणिक महत्वको गुहेश्वरी मन्दिर सतीदेवीको गुह्य अंग पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले यस मन्दिरको नाम गुह्येश्वरी रहन गएको विश्वास गरिन्छ । यहाँ देवीको कुनै प्रतिमा स्थापित छैन । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ । यो शक्तिपीठ पुराणमा वर्णित ५१ शक्तिपीठहरूमध्ये एक भएकोले सारा संसारका धर्मावलम्बी हरूको लागि विशेष पुजनीय रहेको छ ।

तर यति धेरै धार्मिक महत्व बोकेको र विश्व सम्पदा सूचीमा सूचीकृत गुह्येश्वरी मन्दिरको ढोकामा जडित सुनको जलप समेत गायब भएको छ । त्यतिमात्र होइन मुख्य मन्दिरको छानोमा रहेका चार नाग मध्ये एउटा नाग समेत छैन ।

सरसफाईको क्षेत्रमा अझ बढी बेवास्ता देखिन्छ । मन्दिर परिसरमै रक्सी खाएर फ्याँकेका कार्टुनहरु छरपष्ट छन भने पुरातात्विक महत्वका कतिपय सत्तल र मन्दिरहरु जिर्णाेद्धारको पर्खाईमा छन् । त्यतिमात्र होइन पौराणिक महत्व बोकेको बनकाली धर्मशाला सामान्य छानो मर्मत गर्दा संचालन गर्न सकिनेमा फोहोर थुपारेर डम्पिङ्ग साईट जस्तो बनाईएको छ ।

छिमेकी राष्ट्र भारतले सहयोग स्वरुप बनाईदिएको धर्मशाला भत्काएर ब्यवसायिक होटल संचालन गर्ने कोषको कदम अति नै निन्दनीय देखिन्छ ।

सिङ्गो पाशुपत क्षेत्रको विकास गर्न स्थापित पशुपति क्षेत्र विकास कोषमा विशेष गरी सदस्य सचिवको नेतृत्व फेरिएको छैन । आफूले भविष्यमा जिम्मेवारी पाउने कुनै सम्भावना नरहेकाले विकास कोषको सदस्य सचिव कमाउ धन्दामा लागेको स्थानीय सरोकारवाला बताउँछन् ।

नेकपाले देशभर आफ्नो सरकार चलाउँदा समेत पशुपति क्षेत्र विकास कोषको नेतृत्व फेर्नेतर्फ ध्यान पुर्याएको देखिदैन । नेकपाको दुई तिहाई सरकार आउँदा र विकास पशुपति क्षेत्रको समग्र विकासलाई नेतृत्व गर्न नसकेका सदस्य सचिव प्रदिप ढकाललाई दुई मन्त्री फेरिदा समेत स्पष्टीकरण नसोध्नु आफैंमा शंकास्पद देखिन्छ ।

भारत सरकारद्वारा निर्मित पशुपति धर्मशाला हस्तान्तरण लगत्तै भत्काएर होटल निर्माणको तयारीमा विकास कोष
भारत सरकारद्वारा निर्मित पशुपति धर्मशाला
डम्पिङ्ग साईटको रुपमा रुपान्तरित बनकाली धर्मशाला
पाशुपात क्षेत्रको मन्दिर साईटमा थुपारिएको थोत्रा बाईक तथा मन्दिरको टुप्पोमा उम्रिएको घाँस
जिर्णाेद्धारको पर्खाईमा मन्दिर परिसको पर्खाल
लागूपदार्थ सेवन गरी छरपष्ट गाँजाको धुलो र सलाईका बट्टाहरु
गौरीघाटस्थित बेहाल अवस्थाको सत्तल
गुह्येश्वरी मन्दिर परिसरको रोडमा थुपारिएको फोहोर
गुह्येश्वरी परिसरमा निर्माण सम्पन्न भएपनि प्रयोगमा नआएको सार्वजनिक शौचालय
गुह्येश्वरी परिसरमा निर्माण सम्पन्न सत्तल अगाडि थुपारिएको फोहोर
विदेशी पर्यटकका लागि तोकिएको प्रवेश शुल्क
गुह्येश्वरी मन्दिरको छानोमा रहेको ४ नाग मध्ये १ नागको गायब गजुर
पाशुपत मन्दिर परिसरमा फोहोर तथा खाएर फालिएका बियरको कार्टुन

 

प्रतिक्रिया दिनुहोस्