मदन भण्डारीका बिचार र ब्यक्तित्वको चर्चा गर्नु फाउण्डेशनको उद्देश्य हो : परराष्ट्रमन्त्री ज्ञवाली



१३ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जबज कक्षा तथा नगर कमिटी सपथ ग्रहण कार्यक्रममा मूलत: मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीका विचार र व्यक्तित्वको बारेमा चर्चा गर्दै बैचारिक बहस अगाडि बढाउने सामाजिक संस्थाको रुपमा स्थापित विभिन्न गतिविधि अगाडि बढाउने संस्था रहेको बताए ।

साथै उनले, यो पार्टीको बैकल्पिक संगठन वा समूह होईन । नेकपाको एकतालाई आधार मान्दै जनताको बहुदलीय जनवादको पक्षपोषण गर्नु फाउण्डेशनको मुख्य कर्तव्य जनाए ।

परराष्ट्रमन्त्री ज्ञवालीले, भण्डारीको बारेमा चर्चा गर्दै भने, ‘जननेता मदन भण्डारी मूलत: राजनीतिक व्यक्तित्वको रुपमा नेपाली राजनीतिमा अतुलनीय योगदान र गहिरो प्रभाव पार्ने राजनेताको रपमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो । स्वर्गीय राजा विरेन्द्र र गणेशमान सिंह श्रेष्ठले भण्डारीको श्रद्धाञ्जलीमा लेखेका शब्दहरुमा त्यो कुरालाई पुष्टि गरेको छ । केही समय अगाडि कान्तिपुर दैनिकले गरेको राष्ट्रिय सर्भेमा शताब्दीको सर्वाधिक लोकप्रिय ब्यक्तिमा मदन भण्डारी पर्नु वहाँको व्यक्तित्व र विचारको प्रभाव नै हो ।’

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको चर्चा गर्दै ज्ञवालीले भने, ‘विश्वमा कम्युनिष्ट पार्टी र सरकारहरु असफल भईरहेको समयमा जबजको कारण नेपालमा कम्युनिष्ट पार्टीहरु अगाडि बढ्दै आजको अवस्थामा आईपुग्नुमा जबजकै परिणाम हो । जबजको मर्म बाहिर गएमा नेपालको कम्युनिष्ट आन्दोलनको समेत अस्तित्व समाप्त हुने बताए ।’

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष तथा जननेता भण्डारीको जेठी छोरी उषा किरण भण्डारीले मदन भण्डारीको बिचार र व्यक्तित्व हस्तान्तरण र पुस्तान्तरण गर्ने कार्यमा फाउण्डेशनले आफ्ना गतिविधिहरु अगाडि बढाईरहेको बताईन् ।

जननेता भण्डारीकै मार्ग दर्शनले नेपालको कम्युनिष्ट आन्दोलन सफलताको उचाईमा पुगेको बताउँदै समाजवादतर्फ उन्मुख सरकारले गरेका राम्रा कामहरु जनतामाझ पुर्याउने दायित्व पनि फाउण्डेशनका सदस्यहरुको रहेको बताईन् ।

मदन भण्डारी फाउण्डेशन काठमाडौंका उपाध्यक्ष उद्धव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सरिता दाहालले स्वागत मन्तव्य राखेकी थिईन भने अध्यक्षले फाउण्डेशनको बारेमा केही भ्रम रहेको बताउँदै जबजको बैचारिक धारलाई व्यवस्थित गर्ने, बैचारिक बहस आयोजना गर्ने, सरकारका राम्रा कामहरुको पक्षमा बोल्ने र सकारात्मक बहस चलाउने काम फाउण्डेशनको रहेको बताए ।

मदन भण्डारी फाउण्डेशनको काठमाडौं जिल्लाका ११ ओटै पालिकाहरुमा गठित कमिटीका पदाधिकारीहरु र सदस्यहरुलाई केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीले सपथ ग्रहण गराउँदै कुशे औंसी (बुवाको मुख हेर्ने दिन) को अवसरमा आफ्नो बुवाको तस्वीरमा माल्यार्पण पाउँदा खुशी लागेको बताईन् ।

कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सचिव भेषराज अधिकारी, पेम्बा शेर्पा, केन्द्रीय सदस्यहरु कृष्ण राई, सरिता न्यौपाने, प्रदेश ३ संयोजक केशब पाण्डे, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला लगायतको उपस्थिति रहेको थियो ।

       

प्रतिक्रिया दिनुहोस्