‘मिस टिन सन् २०१९’ को ताज पहिरिएकी ‘रानी’!(भिडियो)



१३ भदौ २०७६, काठमाडौं

एउटा जमाना थियो। भन्थे, छोरी मान्छेहरु धेरै गाउनु, नाँच्नु, जिस्किुन, धेरै बोल्नु अनि धेरै हिँड्नु हुँदैन।

तर समयले युगलाई २२ औं शताब्दीको पूर्वसंध्यासम्म डोर्याउँदा समाजका यस्ता मूल्य मान्यताहरु केही हदसम्म हराउँदै गएका छन्। यो सुखद कुरा हो। यसले मानिसको सोचमा एक खालको सकारात्मक भावना जागृत हुन थालेका छन्।

सदनमा महिला, कार्यकारी पदमा महिला, नेतृत्वदायी पदमा महिला, प्रशासनमा महिला जताततै महिला देखिनु यहीँ सोच उपज हो।

अब छोरी मान्छेहरु छोराजस्तै गाउन सक्छन्। छोराजस्तै बोल्नु, हिँड्नु अनि नाँच्नु सबै क्रियाकलाप छोराजसरी गर्न सक्छन्।

किनकी, आजको जमानामा छोराछोरी दुवैलाई उत्तिकै अधिकारहरु छन्।

यस्तै पहिलेका मूल्य अनि मान्यता विद्यमान रहेको समाजबाट अलिक परको समाजमा जन्मिएकी छोरी हुन्, प्रतिभा रानी राई।

जो मिस टिन सन् २०१९ की विजेता हुन्।

हरियाली अनि सगरमाथाको देश सोलुखुम्बुमा जन्मिएकी ‘प्रतिभा’ सानैदेखि असाधारण क्षमताकी धनी थिइन्।

त्यसैले त उनी आज यो स्टेजसम्म आउन सकेकी छिन्।

भर्खर १६ वर्षकी उनी फिनालेमा पुगेका ६ जनालाई पछाडि पार्दै आफूले मिस टिन सन् २०१९ को ताज पहिरिन सफल भएकी हुन्।

हाल काठमाडौं कोटेश्वरस्थित ग्रामर कलेजमा विज्ञान संकायमा अध्ययनरत ‘प्रतिभा’यो ताजले अझै पनि हौसला थपिएको बताउँछिन्।

“यो त मेरो सुरुवात मात्रै हो। आगामी दिनका लागि मेरा यात्रा त छँदै नै छन्।” उनी सुनाउँछिन्।

उनको उद्देश्य मिस राई, मिस नेपाल तथा मिस वर्ल्डसम्म कै रहेको उनी सुनाउँछिन्।

प्रतिभाको प्रतिभाले सगरमाथालाई होचो तुल्याओस्।

शुभकामना!

भिडियो:

प्रतिक्रिया दिनुहोस्