
१३ भदौ २०७६, काठमाडौं
खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ।
विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो ।
विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको जानकारी दिए।
विभागले आव ०७५/७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो। जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन्।





