चालकलाई अपराधी झैँ व्यवहार नगर्न : महानिरीक्षक खनालको अपिल



११ भदौ २०७६, काठमाडौं

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा आपराधिक व्यक्तिलाई झैँ गर्ने व्यवहार नगर्न सुझाव दिएका छन् ।

ट्राफिक प्रहरी व्यवहारिक भएर यात्रुलाई व्यवहार गर्नुहोला, यात्रु अपराधी होइनन्। महानिरीक्षक खनालले भने, महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर कार्यालयको अनुगमन गरि यसरी ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी दिए।

पछिल्लो समय ट्राफिक प्रहरीले सिमित स्रोत र साधनको बाबजुद पनि राम्रो काम गरेकाले थप ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिए।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे जानकारी गराएका थिए। उपत्यकाभित्र अहिले १२ लाख भन्दा बढी सवारी साधनहरू गुड्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्