
११ भदौ २०७६, काडमाडौं
एसपी प्रहरी प्रमुख चितवनका दान बहादुर मल्लको नामकै फेसबुकबाट अश्लिल सन्देश सार्वजनिक भएका छन् । एसपीको नामको फेसबुकबाट अर्धनग्न तस्बिर, अश्लिल स्ट्याटस राखेको पाइएको हो। तर उक्त एकाउन्ट एसपी मल्ल्को आफ्नै भने होइन। उनको नाममा नक्कली आइडी बनाएर यस्तो गरिएको चितवन प्रहरीले जनाएको छ।
नक्कली फेसबुक एकाउन्ट खोली अर्धनग्न तस्वीर र अश्लिल किसिमका स्ट्याटसहरु राखिएको प्रति जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले मंगलबार बेलुकी प्रेस बिज्ञप्ती निकाल्दै घट्नालाई प्रहरीले गम्भिर रुपमा लिदै थप अनुसन्धान र कार्वाहीको लागि केन्द्रीय अनुसन्धान व्युरोमा जानकारी गराइएको प्रहरीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
१७ अगस्टका दिन दिउँसो १२ बजे प्रहरी प्रमुख मल्लको नाममा खोलिएको उक्त एकाउन्टवाट रातिको अन्दाजी सवा १० बजे अश्लील तस्वीर राखिएको छ भने, २० अर्गष्टमा राती ७ः४१ बजे भरतपुर महानगरकी प्रमुख रेणु दाहाललाई अपशब्द बोल्दै रवि लामिछाने लाई फसाउन आफूलाई १४ करोड रुपैयाँ दिएको भनी बताएका छन् ।
प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जनाएको छ। साथै,उक्त घट्नामा संलग्न जो कोही भएपनि त्यसलाई नियन्त्रणमा लिएरै छाड्ने प्रहरीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।





