सामाजिक सञ्जालमा मिथ्या कुराको ब्यापार गर्नेलाई कारबाहीको आवश्यकता : शान्ता चौधरी



१० भदौ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्त पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार प्रतिनिधिसधाको विशेष समयमा बोल्दै सांसद चौधरीले सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरु बढेको बताउँदै दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको बताइन् ।

लोकतन्त्रभित्र छाडातन्त्र अटाउन नसक्ने भन्दै उनले भनिन्, ‘फेसबुक, ट्वीटर र कतिपय अनलाइन मिडियामा चरित्र हत्या गरेर लेखिन्छ, निराधार आरोप लगाइन्छ र फोटोसपबाट अनेकौं फोटो जोडेर भिडियो बनाएर युट्युब च्यानलमा मिथ्या कुराको ब्यापार गरिन्छ ।’

सत्य समाचार सम्प्रेषण गर्नेहरुको सम्मान गर्ने तर आजभोलि फेक समाचारको ब्यापार मौलाएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्