बूढानीलकण्ठ नगरपालिका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा फेरिल्याण्ड तेस्रो



०९ भदौ २०७६, काठमाडौं

बुढानीलकण्ठ नगरपालिका नारायणथान स्थित बूढानीलकण्ठ पार्टी प्यालेसमा भएको बूढानीलकण्ठ शैक्षिक मञ्चद्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा बूनपा १० बालुवाखानीमा रहेको फेरिल्याण्डले तृतीय स्थान हासिल गरेको छ ।

तृतीय पुरस्कार विजेता फेरिल्याण्डका विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले समेत बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

बुढानिलकण्ठ नगपालिका भित्रका ३७ वटा विद्यालयलहरुले सहभागिता जनाएको नृत्य प्रतियोगितामा फ्युजन एकेडेमी प्रथम, लोयल्टी एकेडेमी दोस्रो तथा हिमालय स्कूल , सिशुमिलान स्कूल तथा नौलिन मावि सान्तोना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रम मा राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला) प्रमुख अतिथि रहेको उक्त कार्यक्रम को अध्यक्षता बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष श्री कृष्ण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्