प्रधानमन्त्री ओलीको टेली कन्फ्रेन्स बैठक पूर्ण रुपमा गोप्य छ  : प्रविधि सल्लाहकार अस्गर अली



१० भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट टेलिकन्फ्रेन्स मार्फत गरेको पहिलो मन्त्री परिषद् बैठकको गोपनियताबारे भ्रम छर्न थालेपछि प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले भ्रम नफैलाउन अनुरोध गरेका  छन् ।

उनले टेली कन्फ्रेन्स मार्फत गरिएको बैठक पूर्ण रुपमा गोपनिय र सुरक्षित रहेको बताएका छन् ।  उनी लेख्छन्, ‘हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN -Virtual Private Network प्रयोग गरेका छौं ।

प्रधानमन्त्रीज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrypt हुन्छ । Encrypted data cloud मा जान्छ । Cloud बाट TP Server (Tele Presence) ले उक्त data ग्रहण गर्छ । त्यसपछि पुन: decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँ मा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णत: सुरक्षित रहन्छ ।

सुरक्षा गोपनियताको आचारसंहिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ । सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आट गर्न सक्दैन । यसलाई सामान्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्