सम्भव मेलमिलाप केन्द्रको अध्यक्षमा दुर्गा प्रसाद निर्वाचित (फोटो फिचर)



१० भदौ २०७६, काठमाडौं

सम्भव मेलमिलाप केन्द्रको प्रथम साधारण सभा स्काई जोन पार्टी प्यालेसमा सर्वाेच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

केन्द्रको साधारण सभाले निर्वाचित गरेको कार्यसमिति :

अध्यक्ष : दुर्गा प्रसाद अर्याल
उपाध्यक्ष : राजु तिमल्सिना
सचिव : रमेश डंगोल
कोषाध्यक्ष : भगवती निरौला

सदस्यहरु :
परशुराम कार्की
पुण्यप्रसाद काफ्ले
सत्यनारायण डंगोल
लक्ष्मीदेवी उप्रेती
सुदर्शन राज पन्त
कविर कुमार श्रेष्ठ
स्वस्तिका दुलाल

साधारण सभामा प्रमुख अतिथि न्यायाधिश खतिवडाले केन्द्रले चेतना अभिवृद्धि र जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मेलमिलाप राष्ट्रिय एजेण्डा भएको बताए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराई, मातृका निरौला, उच्च अदालतका पूर्व न्यायाधिश सुरेन्द्र वीर सिंह बस्नेत, तारकेश्वर नगरपालिका उपप्रमुख भवानी डोटेल, टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोल, शंकर सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सचिव रमेश डंगोलले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष भगवती निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

   

प्रतिक्रिया दिनुहोस्