पर्यटनमन्त्री योगेश भट्टराईको एक बर्षे कार्यक्रम सार्वजनिक (कार्ययोजना सहित)



०९ भदौ २०७६, काठमाडौं

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफू नियुक्त भएको करिब एक महिनापछि बार्षिक कार्ययोजना बनाई एक बर्षे कार्यक्रम सार्वजनिक गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो कार्ययोजनामा नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पुरा गर्ने, ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई आन्तरिक हवाई यात्रामा पचास प्रतिशत छुटको व्यवस्था गर्ने, पशुपति, लुम्बिनी र जानकी मन्दिर संरक्षणको लागि छुट्टै नीति नियम बनाउने, एनआरएनको सहकार्यमा एक नेपाली एक विदेशी साथी भ्रमण बर्षमा भित्र्याउने अभियान सार्थकता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा संचालन गर्ने, नेपाल बायु सेवा निगमलाई सुधार गर्न तत्काल चीनको गोञ्जाउ विमानस्थलमा उडान सुरु गर्दै, अनुमति पाएका सबै चिनिया बिमानस्थलमा नेपाल बायु सेवा पुर्याउने, पशुपति क्षेत्रको विकासलाई मध्यनजर गर्दै विद्युतीय साधन र विद्युतीय शव दाह गृहको थप व्यवस्था गर्दै नियमित प्रसाद वितरणको व्यवस्था गर्ने लगायतका छन् ।

विदेशी भूमिमा रहेका साहित्यकारहरुको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कारको व्यवस्था गर्ने समेत उद्घोष गरेका छन् । साथै मन्त्री भट्टराईले लुम्बिनीमा पाँच हजार फलफूलका बिरुवा रोप्नेदेखि जनकपुरमा अत्याधुनिक विवाह मण्डप बनाउनेसम्म घोषणा गरेका छन् ।

पर्यटनमन्त्री भट्टराईले प्रमुख प्राथमिकतामा राखी सार्वजनिक गरेका कार्ययोजनाहरु :

प्रतिक्रिया दिनुहोस्