धरौटीमा छुटे रबि लामिछाने : भन्छन्, ‘पुडासैनीको हत्यारा पत्ता लगाई छाड्छु’



०९ भदौ २०७६, काठमाडौं

चितवन जिल्ला अदालतका न्यायाधिश हेमन्तप्रकाश रावलको इजलासले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा पक्राउ परेका चर्चित पत्रकार रबि लामिछानेसहित ३ जनालाई रौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई  ५ लाख धरौटीमा रिहा गरेको हो ।

त्यस्तै युवराज कँडेल ३ लाख  र नर्स अस्मिता (रुकु) कार्की अर्थात मृतककको प्रेमिकालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्