भिडियो कन्फेरेन्समा मन्त्रिपरिषद् बैठक



०९ भदौ २०७६, काठमाडौं

फलोअपका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठकमा प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सबाट सम्बोधन गर्ने र त्यसमा मन्त्रीहरु सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक संचालन गर्ने यसअघि सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका थिए।

प्रधानमन्त्री ओली भिडियो कन्फरेन्सबाट बैठक संचालन गर्ने भएपछि सरकारका नियमित काम नरोकिने भएका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा शुरु गरिएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्