सिद्धार्थ बैंकद्वारा वृक्षारोपण



०९ भदौ २०७६, काठमाडौं

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ ।

बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपेको हो । त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ ATM र १,५०० भन्दा बढी POS मेसिन मार्फत उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउदै सिद्धार्थ बैंकको सकारात्मक काम गर्न पाउँदा निकै खुसी लागेको बैंकका सहकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्