
०९ भदौ २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।





