सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक



०९ भदौ २०७६, काठमाडौं

नेपालको इतिहासमा नै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बैठक बसेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली हाल उपचारका लागि सिंगापुरमा छन्। उनी उतैबाट कन्फ्रेन्समार्फत सहभागी छन्।

बैठककाे अध्यक्षता पनि प्रधानमन्त्रीले नै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्