सामाजिक सञ्जाललाई सहि ढंगबाट प्रयोग गर्नुपर्ने वक्ताहरुको भनाई



०८ भदौ २०७६, देवचुली/एलिना केसी

पछिल्लो समय युवा पुस्ताका किशोर किशोरीहरु सामाजिक सञ्जाल प्रति बढी आकर्षित भएको देखिन्छ् । सामाजिक सञ्जालको कारणले किशोरकिशोरीहरु विभिन्न किसिमका हेपाई तथा दुर्व्यवहारमा पर्ने गरेका छन् । यस्ता घटनाहरुको न्यूनिकरण गर्नको लागि जागृती बाल तथा युवा सरोकार नेपालले १ दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम दलदलेको साहारा पार्टी प्यालेसमा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बिच सामाजिक सञ्जालको कारण किशोर किशोरी माथि हुने हेपाई तथा दुव्यवहारबाट कसरी बच्ने र यसको सदुपयोग कसरी गर्ने भन्ने बिषयमा आयोजना गरेको तालिम जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलनद्धारा सञ्चालन भएको बालिका सशतिmकरण र सक्छिन् छोरीका किशोरी अभियान्ता, देवचुली नगरस्तरी बाल सञ्जालका पदाधिकारीहरु लगायतलाई दिईएको थियो ।

कार्यक्रममा अध्यक्षता किशोरी सशक्तिकरण कार्यक्रमकी साथी शिक्षक रिता राई रहेकी थिईन भने कार्यक्रममा प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले गरेकी थिईन् । यस्तै बिशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका बालमैत्री परामर्शादाता खिमानन्द भुसाल, नारायण शर्मा, जिल्ला प्रहरी कार्यलयका निरिक्षक राजेन्द्र अधिकारी, देवचुली नगरपालिकाका सूचना प्राविधिक कृष्ण हरि सापकोटा, कार्यपालिका सदस्य लगायतको उपिस्थतीमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी उपप्रमुख तिवारीले अझै पनि कतिपय ठाँउमा बालविवाह, हिंसा र दुर्व्यवहारका घटनाहरु घटिरहेको विभिन्न सञ्चार माध्यमबाट सुन्नुपरेता पनि देवचुली नगरपालिका बालमैत्री भईसकेकाले यहाँ यस किसिमका घटनाहरु हराउदैँ गएको र किशोरीहरु पनि सशतिmकरण भईसकेकाले यसलाई निरन्तरता दिदैँ रणनितिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताईन् ।

कार्यक्रममा जिल्ला प्रहरी निरीक्षक राजेन्द्र अधिकारी, देवचुली नगरपालिकाका सूचना प्रविधिक अधिकृत कृष्णहरि सापकोटाले तालिमको प्रशिक्षण गरेका थिए । मोबाइलमा भएका विभिन्न एप्सको प्रयोग कसरी गर्ने, ईन्टरनेटबाट आफूलाई कुनै हिंसा, दुर्व्यवहार भए त्यसलाई कसरी हल गर्ने, साइवर अपराधका किसिम के–के हुन, ह्याकिङ्ग भनेको के हो, ह्याकिङ्गबाट कसरी बच्ने जस्ता बिषयमा प्रष्ट पारिएको थियो । कुनै पनि व्यतिmले आफ्नो फेसबुकको पासवर्ड गोप्य राख्नुपर्ने, साथै पासवर्ड नियमित रुपमा परिवर्तन गर्नुपर्ने, अपरिचित व्यतिmबाट आउने ईमेललाई सकेसम्म नखोल्ने, ईमेल खोलिसकेपछि बन्द गर्ने बानी बसाल्ने जस्ता विभिन्न बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, कार्यपालिका सदस्य लगायतले बोल्दै किशोरीहरुले यो तालिम लिईसकेपछि सामाजिक सञ्जालको सहि ढंगबाट सदुपयोग गर्नुपर्ने र जागृती बाल तथा युवा सरोकार नेपालले किशोरीहरुको लागि साँच्चिकै नै एउटा सह्रानीय काम गरिरहेको र यसलाई निरन्तरता दिन सबैले सहयोग गर्ने समेत प्रतिबद्धता व्यतm गरेका थिए । करिब ७० जनाको उपिस्थती रहेको कार्यक्रमको सहजीकरण किशोरी अभियान्ता प्रिती भुसाल र स्वस्तिका क्षेत्रीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्