एनआरएनएका अध्यक्ष भवन भट्ट बिमानबाट निकालियो



०८ भदौ २०७६, काठमाडौं

अत्याधिक मदिरा सेवन गरी बिमानभित्रै अभद्र ब्यवहार गरेको आरोपमा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

शनिवार राति १० बजे सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ ९कल साइन एमआई ४१३० बोइङ विमानबाट भट्ट सिंगापुर जान लागेका थिए । विमानस्थलको सम्पूर्ण काम सकि उनी विमानमा बसिपनि सकेका थिए । विमानबाट झारेर उनलाई फिर्ता पठाइएको बिमानस्थल स्रोतले बताएको छ ।

भट्ट र उनीसँगै रहेका एक पत्रकार मदिरामा लठ्ठ थिए । मदिरामा लठ्ठिएका दुवै जनाले अभद्र व्यवहार गरेपछि एयरलाइन्सले विमानबाट झारेको हो । उनीहरु चढेपछि विमान नै उडाउन पाइलटहरुले नमानेपछि जवरजस्ती विमानबाट बाहिर पठाइएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेको उनीहरुले बताएका थिए ।

तर भट्टसँगै रहेका पत्रकार सनत न्यौपानेले सिल्क एयरलाइन्सले आफुहरुलाई अभद्र ब्यवहार गरेको बताएका छन् । ‘हामीलाई सिल्क एयरलाइन्सले अभद्र व्यवहार गरी विमानमा बसिरहेको अवस्थामा बाहिर निकालियो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्