
०८ भदौ २०७६, काठमाडौं
त्रिभुवन विमानस्थलमा जहाजभित्रै डेनकार्कका नागरिकको सुन र नगद चोरी भएको छ । चोरीको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नं.इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् ।
जहाज टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान थालेको छ ।





