
०८ भदौ २०७६, काठमाडौं
फलोअपका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको बताइएको छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज ट्विट गर्दै प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रिया शुक्रबारदेखि सुरु भएको बताएका छन्।
प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार यो प्रक्रिया अरु केही पटक गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भईरहेको छ।
आफ्नो स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली विहिबार सिंगारपुर गएका हुन्।
ट्विट:
सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज़्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट National University Hospital सिंगापुरमा शुरू गरिएको छ। निजी चिकित्सक प्रोफ़ेसर डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहॉको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।
— Bishnu Rimal (@BishnuRimal) August 25, 2019





