रविसहित तीनैजनालाई अदालत पुर्याइयो, के होला त आज?



०८ भदौ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीको हत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता/पत्रकार रवि लामिछाने सहित तीनैजनालाई अदालतमा पेश गरिएको छ।

आइतबार बिहान १० बजे लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत लगिएको हो। हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ।

लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ। लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ।

आज बहस नसकिए भोली सोमबार पनि बहस चल्ने छ। बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने छ। प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको स्रोतको दावी छ।

पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको अरोप थियो ।

प्रतिक्रिया दिनुहोस्