बूनपाका विभिन्न वडामा तीज विशेष कार्यक्रम (फोटो फिचर)



०७ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाका वडा नं. २ र चपली महिला महासंघको संयुक्त आयोजनामा बूनपा २ स्थित महादेव कोलोनीमा भब्य रुपमा तीज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा उपत्यका समन्वय कमिटीका अध्यक्ष तथा परराष्ट्रविद् डा. राजन भट्टराईले टोलटोलमा आयोजना हुने तीज कार्यक्रम भन्दा सामूहिक रुपमा मनाएको कार्यक्रमले महिला बिचको एकता र भावनात्मक सम्बन्ध बलियो हुने धारणा राखेका थिए ।

बूनपा २ का वडाध्यक्ष राजेन्द्र खड्काले महिलाहरु बिचमा सामूहिक रमाइलोको लागि संयुक्त तीज कार्यक्रम आयोजना गरेको जानकारी गराए ।

कार्यक्रममा कलाकारहरु राजा राजेन्द्र पोखरेल, अमृत खाँती, गायिका मिना गिरी, रबिना भण्डारी, कुमार पौडेल, आशा लामाले बेजोड प्रस्तुती दिएका थिए ।

नेकपा प्रदेश कमिटी सदस्य सुन्दर पुर्कुटी, नेकपा जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का, नेकपा बूनपाका अध्यक्ष रबिन अधिकारी, सचिव प्रदीप डंगोल लगायत स्थानीय समाज सेवी तथा महिला अधिकारकर्मीको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

चपली महिला महासंघकी अध्यक्ष निशा बरालको अध्यक्षतामा सम्पन्न तीज कार्यक्रममा कल्पना खड्काले स्वागत मन्तव्य र वडा सदस्य ज्ञानु कार्कीले कार्यक्रम बारे जानकारी गराएकी थिईन् ।

यसैगरी बूढानीलकण्ठ नगरपालिका वडा नं.१०, ११ र १२ का महिला दीदीबहिनीहरुको संयुक्त आयोजनामा कपन पार्टी प्यालेसमा ‘तीज विशेष कार्यक्रम २०७६’ सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराई, बूनपा उपप्रमुख रमादेवी राई, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु प्रसाद भट्टराई, नेकपा बूढानीलकण्ठ अध्यक्ष रबिन अधिकारी लगायत तीनै वडाका महिला संजालका अध्यक्ष तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्