रविको पक्षमा राजधानीमा पनि जन–सागर(भिडियो सहित)



०७ भदौ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएर टेलिभिजन कार्यक्रम प्रस्तोता/पत्रकार रवि लामिछानेको समर्थनमा काठमाडौंमा पनि जन–सागर उर्लिएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा ठूलो संख्यामा भेला भएका रवि समर्थकहरुले पत्रकार लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्। पुडासैनीको आत्महत्या प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन्।

उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ।

शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले मर्न बाध्य पारेको आरोप लगाएका छन्।

सोही भिडियोका आधारमा आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेससहित तीनैजना पक्राउ परेका हुन्।

तर रविका समर्थकहरु भने रवि निर्दोष भएको भन्दै प्रदर्शनमा उत्रिरहेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्