मन्त्री सवार गाडीले मयुर किचेर मार्यो तर, रोकिएन…



०७ भदौ २०७६, काठमाडौं

सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटा सवार गाडीले मयुर किचेर मारेको छ।

शनिबार बिहान बुद्धलक्ष्मी १ वसन्तपुर सामुदायिक वन क्षेत्रमा निस्केको मयुर मन्त्री बाँस्कोटा सवार अर्घाखाँची नगरपालिकाका उपमेयर चढ्ने लु १ झ ४७६ नम्बरको गाडीले किचेको स्थानीयबासीहरुले बताएका छन्।

वसन्तपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंह बोगटीका अनुसार उक्त गाडीले चरिरहेको मयुर देख्दादेख्दै पनि किचेको तर रोकिएन।

‘वन क्षेत्रमा वन्यजन्तु आउने जाने मार्गहरुमा विस्तारै हाक्नुपर्छ। तर, गाडीको गति निकै तिब्र थियो’ उनले भने। साथै स्थानीयहरुले वन्यजन्तु मार्नेलाई वन ऐन अनुसार कारबाही हुनुपर्ने स्थानीयहरुले माग गरेका छन्।

घटना लगत्तै इलाका वन कार्यालय गोरुसिंगेले मयुरको मुचुल्का गरेको छ। शितगंगाको ठाडाँस्थित सामुदायिक रेडियो शितगंगाको उद्घाटनका लागि संचारमन्त्री बाँस्कोटा त्यसतर्फ गएका ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षीबाहेक अन्य वन क्षेत्रका पंक्षी मारेमा वा घाइते बनाएमा २० हजार देखि ५० हजार तथा ६ महिना देखि १ वर्षसम्म कैद सजाय दुवै व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्