
०६ भदौ २०७६, काठमाडौं
गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले प्रहरीको हिरासतमा रहेका पत्रकार रवि लामिछानेलाई भेटेका छन् ।
त्रिपाठीले प्रहरी हिरासतमै लामिछानेलाई पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेका हुन, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा रवि लामिछानेले मुख्यतः ४ वटा बिषयमा टिप्पणी गरेका थिए..
१.मलाई फसाउन खोजियो,
२. प्रहरी अनुसन्धानको प्राथामिकता बारे,
३. म यहाँ छु, धेरै जनताका समस्या टेलिभिजनमा देखाउन छुटिसके,
४. अस्ति अदालतमा भएका बिषय,
साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवा सँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सुचना प्रहरीले लुकाएको छ, परिस्थितिलाई आफू अनुकुल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको लाशमाथि राजनिती पनी गरिएछ, नोट म भाषण गर्न चाही आएको हैन है ?





