युट्युबरहरु न्यायाधिश, पुलिस हुन कि पत्रकार, अनुसन्धान, न्याय सम्पादन आफैं गर्छन् : संचारमन्त्री बाँस्कोटा



०५ भदौ २०७६, काठमाडौं

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले युट्युबका कारण न्याय सम्पादन र अनुसन्धान प्रभावित हुने अवस्था आएको बताए ।

उनले भने, ‘न आफू टुंगोमा पुर्याउँछन् न पुलिसलाई काम गर्न दिन्छन् ?’, ‘प्रहरीले अनुसन्धान गर्नै नसक्ने अवस्था आयो ।’

पछिल्लो समय सञ्चारमाध्यममा देखिएको विकृतिले सरकारको चुनौती थप बढाएको उनले चिन्ता ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल र युट्युबका कारण मूलधारका मिडियामा चुनौती बढेको जनाउँदै सरकारले अब नसच्चिए अवस्था जटिल हुनेतर्फ सजग गराएको हो। त्यही कारण सूचना प्रविधि कानुन संसदमा छलफलको क्रममा रहेको समेत जानकारी गराए ।

प्रेस आफैँ खोजेर चल्ने या सामाजिक सञ्जालबाट चल्ने?’ मन्त्री बाँस्कोटाले उत्तेजना फैल्याउने र दिग्भ्रमित फैल्याउने काम कुनै अवस्थामा हुन नुहने उल्लेख गरेका छन् ।

सिंहदरबार भित्र आत्महत्या गरेका कर्मचारीको भिडियो खिच्न पाएको भए युट्युबरले अनेक गर्थे । सिंहदरबारमा एकजना कर्मचारीले आत्महत्या गरे । यदि यहाँ छिर्न पाएकोे भए शिर्षकमा केके लेख्थे होलान ?–मन्त्री बास्कोटा

प्रतिक्रिया दिनुहोस्