श्रीमान खाडी मुलुकमा, श्रीमती अर्कै पुरुषसँग नग्न अवस्थामा मृत फेला



०५ भदौ २०७६, काठमाडौं

नयाँ बसपार्कको एक होटेलमा हिजो दिउसो एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको बताएका छन् । ‘कट्टु मात्र लगाएको अवस्थामा युवकको शव खातको तलपट्टी र युवतीको खाटमाथि भेटिएको थियो’, उनले भने, ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।’

प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खाना खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् ।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ ।

पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

प्रतिक्रिया दिनुहोस्