अर्थमन्त्री खतिवडा र युरोपियन युनियनका राजदूत कोडिबिच शिष्टाचार भेटवार्ता



०५ भदौ २०७६, काठमाडौं

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि यूरोपियन युनियनका राजदूत भिरोनिका कोडी बीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको  छ । राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेट पारी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुराको  जानकारी गराईन् ।

युरोपियन युनियनको सहायताप्रति आभार प्रकट गर्दै अर्थमन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्राष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्