पुडासैनी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै नेकपा काठमाडौंद्वारा प्रेस विज्ञप्ती जारी



०४ भदौ २०७६, काठमाडौं

नेपाल कमम्युनिष्ट पार्टी (नेकपा) काठमाडाैं जिल्ला कमिटीले पत्रकार शालिकराम पुडासैनी प्रकरणबारे निष्पक्ष छानवीनको माग गरेको छ ।

काठमाडाैं जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य कृष्ण राई र सचिव हिमाल शर्माले आज एक विज्ञप्ति जारी गर्दै चितवनमा देखिएका गतिविधि गणतन्त्र विरोधि मात्रै नभएर नेतृत्वलाई नै असफल पार्ने मनसायका साथ अगाडी बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै सो आन्दोलन र विरोधको आडमा प्रतिगामी तत्व सक्रिय हुने तर्फ ध्यान दिन आग्रह गर्दै सो विरोध र आन्दोलनको समर्थन हुने खालका गतिविधि सामाजिक संजाल मार्फत नगर्न नेकपाका कार्यकर्तालाई निर्देशन समेत गरिएको छ।

यस्तै नेकपा काठमाडाैं जिल्ला कमिटीले अनुसन्धानमा प्रभाव पार्न विभिन्न चलखेल हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्