भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



०४ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

नेपाल–भारत संयुक्त बैठकमा भाग लिन बुधबार दिउँसो काठमाडौं आइपुगेका मन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।

आयोगको बैठक बुधबार नै सुरु हुँदैछ। अपराह्न सुरु हुने संयुक्त बैठकमा नेपाल–भारतबीचको विभिन्न विषयमा छलफल हुने छ।

भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्